‘कबड्डी ३’ बक्सको कमाइ: पहिलो हप्ता ७ करोड बढी « Khabarhub

‘कबड्डी ३’ बक्सको कमाइ: पहिलो हप्ता ७ करोड बढी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयपछि बक्स अफिसमा नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको छ । असोज ३ गते प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको हो ।

आज शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको कमाइ गरेको हो । वितरण कम्पनी स्टेशन फाइभका अनुसार चलचित्रले ओपनिङको दिन मात्र १ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र ‘जात्रै जात्रा’ पछि बक्स अफिसमा राम्रो कमाइ गरेर नेपाली निर्मातालाई उत्साह थपेको छ । सँगै रिलिज भएका बलिउड र हलिउड फिल्मले भन्दा ‘कबड्डी ३’ ले धेरै शो पाएको थियो ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, कर्मा, विजय बराल, माओत्सु गुरुङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारले अभिनय गरेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । नेपाली फिल्मले दर्शक नपाइरहेका बेला ‘कबड्डी ३’ ले आशालाग्दो व्यापार गर्न सफल भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : २७ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन