‘कबड्डी ३’ बक्सको कमाइ: पहिलो हप्ता ७ करोड बढी « Khabarhub

‘कबड्डी ३’ बक्सको कमाइ: पहिलो हप्ता ७ करोड बढी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयपछि बक्स अफिसमा नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको छ । असोज ३ गते प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको हो ।

आज शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको कमाइ गरेको हो । वितरण कम्पनी स्टेशन फाइभका अनुसार चलचित्रले ओपनिङको दिन मात्र १ करोड ४७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र ‘जात्रै जात्रा’ पछि बक्स अफिसमा राम्रो कमाइ गरेर नेपाली निर्मातालाई उत्साह थपेको छ । सँगै रिलिज भएका बलिउड र हलिउड फिल्मले भन्दा ‘कबड्डी ३’ ले धेरै शो पाएको थियो ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, कर्मा, विजय बराल, माओत्सु गुरुङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारले अभिनय गरेको यो फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । नेपाली फिल्मले दर्शक नपाइरहेका बेला ‘कबड्डी ३’ ले आशालाग्दो व्यापार गर्न सफल भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : २७ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय