भुटानलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश « Khabarhub

भुटानलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ ।

सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको सेमिफाइनल खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलका लागि यात्रा सुरक्षित गरेके हो ।

भुटानविरुद्धको खेलमा बंगलादेशका तानबिरले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने २७ औं मिनेटमा फाहिमले गोल गर्दा बंगलादेशको अग्रता २–० को बनेको थियो ।

त्यस्तै, खेलको ३२ औं मिनेटमा मिराजले गोल गर्दा बंगलादेशले पहिलो हाफमा ३–० को बलियो अग्रता बनाएको थियो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको भुटानले दोस्रो हाफमा राम्रो खेले पनि बंगलादेशविरुद्ध गोल फर्काउन भने असफल रह्यो । खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी दिपकले गोल गर्दै बंगलादेशलाई ४–० को फराकिलो जित दिलाए ।

समूह चरणमा नेपाललाई ३–० ले पराजित गरेको भुटान सेमिफाइनलबाटै आउट भएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : ४९ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र