यस्तो बनेर आयो ‘हाउसफूल ४’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो बनेर आयो ‘हाउसफूल ४’ को ट्रेलर (भिडियो)


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको कमेडी फिल्म ‘हाउसफूल ४’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि यो फिल्म दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

फिल्मको दमदार ट्रेलरमा अक्षय कुमार, बबी देओल, रितेशका साथै कृति सेनन, कृति बरबदा र पूजा हेगडेको मुख्य भूमिका देख्न सकिन्छ ।

फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । सन् १२१९ र २०१९ को कहानी भनिएको यो फिल्ममा पूनर्जन्मको कथा समेटिएको छ ।

तिहारको अवसर पारेर रिलिज गर्न लागिएको यो फिल्मले धमाकेदार व्यापार गर्ने आँकलन गरिएको छ । यसअघि रिलिज भएको ‘हाउसफूल ३’ ले खासै कमाल गर्न सकेको थिएन । र, पनि उक्त फिल्म सय करोड क्लबमा प्रवेश गरेको थियो ।

‘हाउसफूल ४’ लाई फरहाद सामजीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४४ बजे

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो