यस्तो बनेर आयो ‘हाउसफूल ४’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो बनेर आयो ‘हाउसफूल ४’ को ट्रेलर (भिडियो)


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको कमेडी फिल्म ‘हाउसफूल ४’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि यो फिल्म दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

फिल्मको दमदार ट्रेलरमा अक्षय कुमार, बबी देओल, रितेशका साथै कृति सेनन, कृति बरबदा र पूजा हेगडेको मुख्य भूमिका देख्न सकिन्छ ।

फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । सन् १२१९ र २०१९ को कहानी भनिएको यो फिल्ममा पूनर्जन्मको कथा समेटिएको छ ।

तिहारको अवसर पारेर रिलिज गर्न लागिएको यो फिल्मले धमाकेदार व्यापार गर्ने आँकलन गरिएको छ । यसअघि रिलिज भएको ‘हाउसफूल ३’ ले खासै कमाल गर्न सकेको थिएन । र, पनि उक्त फिल्म सय करोड क्लबमा प्रवेश गरेको थियो ।

‘हाउसफूल ४’ लाई फरहाद सामजीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु