अदालतका फैसलामाथि प्रश्न उठाउनु हुँदैन– प्रधानन्यायाधीश राणा « Khabarhub

अदालतका फैसलामाथि प्रश्न उठाउनु हुँदैन– प्रधानन्यायाधीश राणा


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतले गरेका फैसलामाथि प्रश्न नउठाउन भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय एनसेल लाभकर प्रकरणमा सर्वोच्चद्वारा भएको फैसालामाथि संसदमै प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले असम्बद्ध व्यक्ति तथा निकायबाट अदालतका फैसला तथा आदेशको परीक्षण गर्न खोजिनु मान्यता विपरित भएको बताए ।

दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुक्रबार आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राणाले संविधान तथा कानूनले अपेक्षा गरेअनुसारको भूमिका र जिम्मेवारी निर्वाह गर्न न्यायपालिका सदैव क्रियाशील हुँदै आएको पनि स्मरण गराए ।

‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको रोहमा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुन सक्दछ । तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्य मान्यता विपरित हुन जान्छ,’ प्रधानन्यायाधीश राणाले भने, ‘यसले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न जाने र नेपालको संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग पुग्दैन ।’

प्रधानन्यायाधीश राणाले योजनावद्ध व्यवस्थापनको माध्यमबाट न्यायिक सुधारका प्रक्रियाहरुलाई अगाडि बढाउने उद्देश्यका साथ न्यायपालिकाको चौथौ पञ्चवर्षीय योजना लागू गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ३ : ४२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम