शूटिङमा ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ: साम्राज्ञी « Khabarhub

शूटिङमा ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ: साम्राज्ञी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् ।

दशैँको रमझम समेत देखाइएको यो फिल्ममा साम्राज्ञी र अंकित खड्काको शीर्ष भूमिका देख्न सकिन्छ । राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले  छाया‌कंनका क्रममा रमाइलो भएको स्मरण गरिन् ।

‘फिल्ममा मैले आजसम्म नगरेको कामहरु गरेकी थिएँ, लाज पनि लागेको थियो, तर यस्तो काम पनि गर्न सक्ने रहेछु कुराले खुशी लागेको थियो,’ उनले भनिन्, ‘काम गर्दा म खुशी पनि थिएँ, फिल्मको एक दृश्यमा ट्याक्टर चलाउनुपर्ने थियो, त्यतिबेला मैले झन् बढी पावरफूल फिल गरेँ, किनकि मैले यसअघि त्यो काम गरेकी थिइनँ ।’

उनले दर्शकले यसअघि आफूलाई फरक खालका फिल्म किन नगरेको भन्दै प्रश्न सोध्ने गरेको र अब यो प्रश्नबाट ती दर्शकले पनि उत्तर पाउने धारणा राखिन् । ‘दर्शकले यस्तो फिल्म किन नगरेको भनेर पनि प्रश्न सोध्नुहुन्थ्यो,’ उनले भनिन् ।

चलचित्रको कुरा गर्नुपर्दा, फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा अंकित र साम्राज्ञीका अलावा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा आफ्नै गाउँमा पनि केही पौरख गर्न सकिन्छ भन्ने कथा देखाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ४ : ११ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित