नेपाल नेपालकै पक्षमा रहेको हेर्न चाहेका छौं : अमेरिकी राजदूत बेरी « Khabarhub

नेपाल नेपालकै पक्षमा रहेको हेर्न चाहेका छौं : अमेरिकी राजदूत बेरी


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहेको बताएका छन् ।

इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले काठमाडौँको पेभेलियन हलमा गरेको ‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा राजदूत बेरीले अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक स्ट्राटेजी रणनीति नभई इण्डोप्यासिफिक क्षेत्रका लागि अघि सारेको नीति भएको बताएका हुन् ।

राजदूत बेरीले भने,‘हामीले कुनै पनि सार्वभौम मुलुकको सार्वभौमिकतामाथि दबाब दिने काम गर्दैनौँ, अन्य देशले समेत हस्तक्षेप गरेको हेर्न चाहदैनौँ ।’ राजदूत बेरीले इण्डोप्यासिफिक रणनीति सैन्य साझेदार वा अन्य कुनैपनि प्रकारको संगठन नभएको भन्दै कुनैपनि देशलाई आफ्नो पक्षमा ल्याउने नीति नभएको बताए । उनले भने,‘रणनीति प्रतिरक्षा नीति हैन ।’

संसारका सार्वभौम र साना सबै देशहरुले यस रणनीतिबाट फाइदा लिने बताउँदै राजदूत बेरीले भने, ‘इण्डो प्यासिफिक क्षेत्रमा रहेका देशहरु स्वतन्त्र, खुला र सुरक्षित रहने वातावरण बनाउन रणनीतिले सहयोग गर्नेछ ।’

नेपाल बलियो हुँदा अमेरिका समेत बलियो हुने र अमेरिका बलियो हुँदा नेपाल बलियो हुने विश्वासमा अमेरिका रहेको उनले बताए । नेपालको सार्वभौमिकता बलियो हुनुपर्ने उनको भनाइ थियो ।

‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा धारणा राख्दै राजदूत बेरी

राजदूत बेरीले अमेरिकारले नेपाल चीन, भारत वा अमेरिका कुनै पनि देशको पक्ष वा विपक्षमा नभई नेपाल आफ्नै देशको पक्षमा रहेको हेर्न चाहेको तर्क गरे । उनले भने,‘नेपाल प्रो नेपालीकै पक्षमा रहेको हामीले हेर्न चाहेका छौँ । हामी संसारका अन्य कुनैपनि देशजस्तो हैनौँ, स्वतन्त्र सार्वभौम मुलुकले आफ्नो देशको नीति आफै निर्धारण गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’

उनले इण्डोप्यासिफिक रणनीतिको साझेदार बन्न नेपाल लगायत संसारका अन्य देशहरुलाई समेत अमेरिकाले दबाब वा प्रभाव केही पनि नदिने स्पष्ट पारे । चीनले बीआरआईमा सहभागी हुन नेपाललाई दिएको दबाबजस्तै अमेरिकाले इण्डोप्यासिफिक रणनीतिको साझेदार बन्न कसैलाई दबाब नदिने उनको भनाइ थियो ।

इण्डोप्यासिफिक रणनीतिमा साझेदारका रुपमा ५० वटा देशहरु रहेको भन्दै उनले संसारका कुनै पनि देशलाई दबाब नदिने बताए ।

नेपाल अमेरिकाको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको बताउँदै राजदूत बेरीले नेपाललाई हरेक वर्ष अमेरिकाले सहयोग गरिरहेको समेत बताए । त्यही सहयोगस्वरुप मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत ५० अर्ब रुपैयाँ सहयोग गर्न लागेको समेत बताए ।

‘नेपालमा अमेरिकी कुटनीति’ विषयक अन्तरक्रियामा सहभागीहरु

नेपालको सडक पूर्वाधार र विद्युत् सेवा पहुँच बढाउन अमेरिकाले सहयोग गरिरहेको भन्दै बेरीले नेपालको गरिबी निवारण र आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्‍याउने लक्ष्य रहेको समेत बताए ।

कार्यक्रममा राजदूत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको बताउँदै त्यसलाई समेत प्रभावकारी बनाउन अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाल–अमेरिका सम्बन्ध मजबुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमणको आदानप्रदान समेत भइरहेको र भविष्यमा समेत निरन्तर रहने जनाए । राजदूत बेरीले नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको भन्दै सहयोगका अन्य क्षेत्र समेत पहिचान गर्ने पक्षमा अमेरिका रहेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ५१ बजे

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो