सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने | Khabarhub Khabarhub

सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० वर्ष भन्दा माथिका सबै नागरिकले आन्तरिक उडानमा छुट नपाउने भएका छन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए तर वायुसेवा कम्पनीहरुले भने सबै नागरिकलाई मन्त्रीले भनेजस्तो छुट दिन नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालक संघको विहीवार बसेको बैठकले आन्तरिक उडानका सबै यात्रुलाई नभएर विपन्न जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छुट दिन सकिने निर्णय गरेका छन् ।

उनीहरुले हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट लागू हुने गरि र ठूला विमानस्थलमा प्रतिदिन २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने भएका हुन् ।

साना विमान कम्पनीहरुले भने एक दिनमा एक जना विपन्न नागरिकलाई मात्र यस्तो छुट दिने भएका हुन् ।

बैठकले यस्तो छुट घटस्थापना दिनबाट मात्र दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ४९ बजे

फ्लप फिल्मको ह्याट्रिकबाट बच्लान् त पल, फिल्ममा प्रकाश सपुतको व्यस्ताता बढ्दो !

हेडलाइन…आगामी फूलपातीमा प्रतिस्पर्धा गर्ने फिल्मको संख्या ६ बाट घटेर ३

आज जनै पूर्णिमा : तराई क्षेत्रमा राखी बाँधिदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन,

गुन्हुँ पुन्ही : स्वाद, संस्कार र प्रकृतिको सम्मान गर्ने पर्व

काठमाडौं – श्रावण शुक्ल पूर्णिमाको दिन नेवार समुदायले विशेष रूपमा

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को