सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने « Khabarhub

सबै जेष्ठ नागरिकले हवाई भाडामा छुट नपाउने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७० वर्ष भन्दा माथिका सबै नागरिकले आन्तरिक उडानमा छुट नपाउने भएका छन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए तर वायुसेवा कम्पनीहरुले भने सबै नागरिकलाई मन्त्रीले भनेजस्तो छुट दिन नसकिने बताएका छन् ।

वायुसेवा सञ्चालक संघको विहीवार बसेको बैठकले आन्तरिक उडानका सबै यात्रुलाई नभएर विपन्न जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छुट दिन सकिने निर्णय गरेका छन् ।

उनीहरुले हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट लागू हुने गरि र ठूला विमानस्थलमा प्रतिदिन २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलव्ध गराउने भएका हुन् ।

साना विमान कम्पनीहरुले भने एक दिनमा एक जना विपन्न नागरिकलाई मात्र यस्तो छुट दिने भएका हुन् ।

बैठकले यस्तो छुट घटस्थापना दिनबाट मात्र दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ४९ बजे

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो