भारतका चर्चित र्‍यापर बन्ताईले आज काठमाडौंमा कन्सर्ट गर्ने « Khabarhub

भारतका चर्चित र्‍यापर बन्ताईले आज काठमाडौंमा कन्सर्ट गर्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका चर्चित र्‍यापर इमिवे बन्ताईले आज काठमाडौंमा प्रस्तुति दिने भएका छन् । ठमेलस्थित क्लब फहरेनहाइटमा साँझ ८ बजेबाट उनले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुने ‘इमिवे बन्ताई लाइभ इन नेपाल’ मा आफ्ना लोकप्रिय र्‍याप गीत गाउनेछन् ।

मध्यरातसम्म चल्नेछ कन्सर्टमा प्रस्तुति दिन बन्ताई बिहीबार साँझ नेपाल उत्रेका थिए । युवा पुस्तामाझ चर्चित र्‍यापर बन्ताई बलिउडमा ‘हिप हप र्‍यापर’का रुपमा परिचित छन् ।

भारतमा टप थ्री र्‍यापरको सुचीमा अग्र स्थानमा पर्ने बन्ताईका पछिल्ला र्‍याप गीत ‘मचाइङ्गे’, ‘ध्यान दे’, ‘गिरफ्तार’, ‘जम्प कर’, ‘खतम’ चर्चित छन् । उनिसँगै चर्चित नेपाली गायक नरेन लिम्बुको टिमले पनि प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

साथमा र्‍यापर ट्रिक्स दोङसँगै डिजेहरु बिकी कुल, यश र श्यामले फहरेनहाइटमा उपस्थित हुने दर्शक झुमाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : १३ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई