भारतका चर्चित र्‍यापर बन्ताईले आज काठमाडौंमा कन्सर्ट गर्ने | Khabarhub Khabarhub

भारतका चर्चित र्‍यापर बन्ताईले आज काठमाडौंमा कन्सर्ट गर्ने


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका चर्चित र्‍यापर इमिवे बन्ताईले आज काठमाडौंमा प्रस्तुति दिने भएका छन् । ठमेलस्थित क्लब फहरेनहाइटमा साँझ ८ बजेबाट उनले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुने ‘इमिवे बन्ताई लाइभ इन नेपाल’ मा आफ्ना लोकप्रिय र्‍याप गीत गाउनेछन् ।

मध्यरातसम्म चल्नेछ कन्सर्टमा प्रस्तुति दिन बन्ताई बिहीबार साँझ नेपाल उत्रेका थिए । युवा पुस्तामाझ चर्चित र्‍यापर बन्ताई बलिउडमा ‘हिप हप र्‍यापर’का रुपमा परिचित छन् ।

भारतमा टप थ्री र्‍यापरको सुचीमा अग्र स्थानमा पर्ने बन्ताईका पछिल्ला र्‍याप गीत ‘मचाइङ्गे’, ‘ध्यान दे’, ‘गिरफ्तार’, ‘जम्प कर’, ‘खतम’ चर्चित छन् । उनिसँगै चर्चित नेपाली गायक नरेन लिम्बुको टिमले पनि प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

साथमा र्‍यापर ट्रिक्स दोङसँगै डिजेहरु बिकी कुल, यश र श्यामले फहरेनहाइटमा उपस्थित हुने दर्शक झुमाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : १३ बजे

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

सनपाट धुने पोखरी (२० तस्बिर)

विराटनगर – एउटा जमाना यस्तो थियो, झापा, मोरङ र सुनसरीमा

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु 

अफगानिस्तान– मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप