एटीएम बुथमा सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकको निर्देशन « Khabarhub

एटीएम बुथमा सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकको निर्देशन


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केन्द्रीय बैंकले देशभरिका एटीएम बुथहरूमा सुरक्षा निगरानी बढाउन बैंकहरूलाई पुनः निर्देशन दिएको छ ।

एटीएम बुथको सुरक्षाबारे २०७३ को माघ १० गते नै राष्ट्र बैंकले परिपत्र गरेको भए पनि कृषि विकास बैंकको घटनापछि राष्ट्र बैंकले पुनः बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको हा।

परिपत्रमा बैंकहरूले सबै एटीएमलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्नुपर्ने र त्यसको रेकर्ड ९० दिनसम्म राख्नुपर्ने उल्लेख छ।
बैंक तथा वित्तीय संस्थाहरूद्वारा सञ्चालित सम्पूर्ण एटीएम बुथहरूमा चौबीसै घण्टा सुरक्षा गार्डहरूको व्यवस्था गरी बुथहरूको विशेष निगरानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, बैंक वा एटीएम बुथनजिक कुनै व्यक्ति वा समूहको गतिविधि शङ्कास्पद लागेमा सम्बन्धित पदाधिकारी वा निकायलाई तत्काल जानकारी गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : ५५ बजे

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र