कुखुराले झैँ खोस्रिनेसम्म हामीले खोस्रिसक्यौं अब चिलले जस्तो उडान भर्छौंः अध्यक्ष दाहाल « Khabarhub

कुखुराले झैँ खोस्रिनेसम्म हामीले खोस्रिसक्यौं अब चिलले जस्तो उडान भर्छौंः अध्यक्ष दाहाल


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको कामले अन्तिम रुप लिएसँगै अब पार्टीका गतिविधिले रफ्तार लिने बताएका छन् ।

नेकपा सम्पर्क समन्वय कमिटीद्वारा आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी गतिविधि घिसिपिटी तरिकाबाट होइन, अब फड्केर अगाडि बढ्ने बताए ।

‘छिट्टै केन्द्रीय समितिको बैठक बसेर निश्चित योजना र कार्यक्रमका साथ देशैभरि हामी जनता र कार्यकर्तासँग एउटै मन, विचार बनाउन सम्पूर्ण तागत लगाउँछौं’, ठूलो सङ्ख्यामा रहेका सङ्गठित सदस्य एक वर्षदेखि निस्क्रिय बस्दा पार्टीले निकै ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘हामीलाई के विश्वास छ भने यति ठूलो नेता कार्यकर्ता र लाखौँ शुभचिन्तक भएको पार्टी एकपटक एउटै विचार, मन, सङ्कल्प र प्रतिबद्धता गरेर अभियानमा गयो भने जनताका दुश्मन आफैँ बढारिएर जानेछन् ।’

जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्थाका विरुद्ध षडयन्त्र गर्नेलाई त्यसै नछाडिने उद्घोष गर्दै उनले जनताको विपक्षमा गतिविधि नगर्न चेतावनी दिए ।
‘हिजो हामीले निकै बलिया भनिएका तत्वलाई पनि तह लगाएर आएका हौँ, त्यसकारण हामीले त्यो शक्ति देखाउनुछ, देखाउछौँ’, उनले भने, ‘तपाईंहरु आआफ्नो ठाउँबाट योगदान गर्ने सङ्कल्प गर्नुहोस् हामी पार्टी नेतृत्वको हैसियतले तागत लगाउँछौँ ।’

नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनले धेरै ठूलो सङ्घर्षबाट मुलुक वर्तमान अवस्थामा आइपुगेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टीको प्रमुख नेतृत्वको साहसिक निर्णयले गर्दा आज देशको राजनीतिक नक्सा नै असाधारण ढङ्गबाट बदलिएको बताए ।

‘नेपालको कम्युनिष्ट पार्टी लोकप्रिय मतका साथ सत्तामा पुग्छ, मुलुक राजनीतिक स्थायित्वमा प्रवेश गर्छ भन्ने देशभित्र र बाहिरका धेरैले सोचेका थिएनन्’, उनले भने, ‘अझ बुर्जुवा प्रतिक्रियावादीले त कल्पना पनि गर्न सकेका थिएनन्, तर हामीले त्यो कुरा गरेर देखायौँ । झण्डै असम्भव लाग्ने कुरालाई सम्भव बनाएको छौँ ।’

स्थापनादेखि अहिलेसम्मको यात्रामा कम्युनिष्ट आन्दोलन असाधारण एकतामार्फत राज्यको नेतृत्व गर्ने अवस्था आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट आन्दोलनले एक्काइसौँ शताब्दीमा विश्वलाई एउटा उदाहरण प्रस्तुत गरेको बताए ।

पार्टी एकतामा भएको ढिलाइका कारण स्वभाविक रुपमा प्रश्न उब्जिएको बताउँदै उनले ढिलै भए पनि एकता एकीकरणले लगभग अन्तिमरुप लिएको जानकारी दिए ।

अध्यक्ष दाहालले भने, ‘लगभग एकता एकीकरणको काम सकिएको छ । निकै थोरै मात्र बाँकी छ । अब दुई÷चार घण्टाको छलफलपछि एकताका बाँकी काम सम्पन्न हुन्छन् ।’

नेकपाको गतिविधिले अब रफ्तार लिएको उल्लेख गर्दै उनले भने , ‘अब नेकपाको उडान शुरु भएको छ । कुखुराले झै खोस्रिनेसम्म हामीले खोस्रिसक्यौँ, कुखुराजस्तै झण्डै एक वर्ष लुटपुटियौँ, अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला अबको एक वर्षमा नेकपा सम्पूर्ण जनताको एकमात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’

अहिलेको नेतृत्व पङ्क्तिको जीवन ठूल्ठूला फड्काको बीचबाट अगाडि बढेको सन्दर्भ पेश गर्दै उनले नेतृत्वका बारेमा शङ्का उपशङ्का नगर्न आग्रह गरे । एकाथरी मान्छेले दुई/चार वटा हल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने भन्दै उनले नेकपालाई कमजोर ठानिए त्यो उनीहरुको मुर्खता हुने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ५८ बजे

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो