ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै « Khabarhub

ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको दोश्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा आज (बुधबार)बाट शुरु हुँदैछ । शिखर वार्ताका लागि दुबै नेता हनोई पुगिसकेका छन् ।

मंगलबार दिउँसो रेलमार्गबाट चीनको बाटो हुँदै उत्तर कोरियाली सर्वोच्च नेता भियतनाम पुगेका हुन् भने अमेरिकी राष्ट्रपति एअर फोर्स वान विमानबाट मंगलबार अबेर हनोई पुगेका हुन् ।

दुई नेताबीच बुधबार संक्षिप्त वार्ता हुनेछ । स्थानीय समयअनुसार बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्प र उनका दुई सहयोगीहरु तथा उत्तर कोरियाली नेता किम र उनका दुई सहयोगीहरुबीच संक्षिप्त वार्ता हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । संक्षिप्त वार्ता २० देखि २५ मिनेटसम्म हुने बताइएको छ । उनीहरुले बेलुकीको खाना पनि सँगै खानेछन् ।

संक्षिप्त वार्तामा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्पसहित विशेष विदेशमन्त्री माइक पोम्पेओ तथा ह्वाइट हाउसका चिफ अफ स्टाफ मिक मुल्भनेको सहभागिता हुने जनाइएको छ ।

वार्तामा उत्तर कोरियाली सर्वोच्च नेता किमसहित किमकी बहिनी किम यो जोङ तथा उत्तर कोरियाली विशेष प्रतिनिधि किम योङ चोल सहभागि हुनेछन् ।आज हुने संक्षिप्त वार्तापछि भोलि दुबै नेताबीच अर्को चरणको वार्ता हुने जनाइएको छ ।

त्यसबाहेक उत्तर कोरियाली सर्वोच्च नेता तथा अमेरिकी राष्ट्रपति दुबैले भियतनामी उच्चस्तरीय नेता तथा अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २८ बजे

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

इचिकावा – जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको