श्रीदेवीको यो फिल्म चीनमा रिलिज हुने « Khabarhub

श्रीदेवीको यो फिल्म चीनमा रिलिज हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीको मुख्य भूमिका रहेको फिल्म ‘मम’ चीनमा प्रदर्शन हुने भएको छ । यो फिल्म चीनमा २२ मार्चमा रिलिज हुने भएको हो ।

एक रिपोर्टसका अनुसार ‘जी स्टुडियो इन्टरनेशनल’ ले फिल्मलाई पोल्याण्ड, रुस, संयुक्त अरब इमिरेट्स, अमेरिका, सिंगापुर सहित ४० राष्ट्रमा रिलिज गरिसकेको छ ।

अब यो फिल्म चीनमा रिलिज हुने भएको हो ।

यो फिल्म जहाँ जहाँ रिलिज भयो, ती सबै ठाउँमा सकारात्मक छाप छोडेको बताइएको छ । जी स्टुडियोजका प्रमुख विभा चोपडाले यो मार्मिक फिल्म एकपटक फेरि बजारमा लैजान लागेको बताइन् ।

श्रीदेवीले सन् २०१७ मा ‘मम’ मा शानदार अभिनय गरेकी थिइन् । उनले पछिल्लो समय फिल्म ‘जिरो’ मा पनि सानो भूमिका निभाएकी थिइन् ।

अभिनेत्रीको २४ फेब्रुअरीमा निधन भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : १७ बजे

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ