दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो « Khabarhub

दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी भद्र र सुयोग्य हुनुहुन्थ्यो


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् ।

‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति देउवाले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रकृया अघि बढाउने विश्वास लिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : ४९ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु