डढेलोका कारण क्यालिफोर्नियामा दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने « Khabarhub

डढेलोका कारण क्यालिफोर्नियामा दशौँ लाख मानिस बिजुलीविहीन हुनसक्ने


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी अग्नि नियन्त्रकहरूले दिएका छन् ।

“ठूलो हावाहुरी” आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्युत आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने बताएको छ।

त्यो हावाहुरीले विद्युतीय पूर्वाधारमा क्षति पुर्‍याउँन सक्ने र नयाँ स्थानमा आगलागी गराउन सक्ने चिन्ता व्यक्त गरिएको बीबीसी ।

तीव्र गतिको हावा-हुन्डरी चल्दै गर्दा विभिन्न वनमा आगो सल्किएपछि क्यालिफोर्नियाका करिब ५०,००० मानिसहरू घर छोडी सुरक्षित स्थानमा जान बाध्य भइसकेका छन्। लस एन्जलस र सोनोमा काउन्टीमा आपत्‌काल घोषणा गरिसकिएको छ।

क्यालिफोर्नियाको अग्नि नियन्त्रण गर्ने निकायले त्यो राज्यमा अहिले “आगलागी हुने मौसमी अवस्था” उत्पन्न भएको बताएको छ।

त्यो कम्पनीले सम्भाव्य खराब मौसमका कारण आफ्ना ८ लाख ५० हजार उपभोक्ता अन्तर्गतका करिब २० लाख सेवाग्राही शनिवारदेखि सोमबारसम्म बिजुली आपूर्ति बन्द हुने अवस्थाका लागि तयार रहन आग्रह गरेलगत्तै उसको आलोचना भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ७ : ०२ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको