पाँच लाखसहित १३ जुवाडे पक्राउ « Khabarhub

पाँच लाखसहित १३ जुवाडे पक्राउ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कुँवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कुँवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए ।

उनीहरुको साथमा पाँच लाख ४५ हजार ८५५ नेपाली रुपैयाँ रहेको छ । दुई हजार ५२० भारतीय पैसा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ९ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै