सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढेको छ– प्रचण्ड « Khabarhub

सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढेको छ– प्रचण्ड


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताएका छन् ।

नेवाः मुक्ति मोर्चा नेपालले आइतबार आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले भने, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।’

उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे । सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेपाल संंवतलाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औंलयाए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई  राष्ट्रिय संवतको रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको भनाइ राख्दै अध्यक्ष प्रचण्डले शङ्खधर साख्वाःबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानको रु ३० हजारको ऋण मिनाहा गरिदिएको बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ११ : ४६ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य