कब्रिस्तानमा भएको कुटपिटमा संलग्न ३ जना पक्राउ « Khabarhub

कब्रिस्तानमा भएको कुटपिटमा संलग्न ३ जना पक्राउ


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–२ कुडियास्थित मुस्लिम समुदायको चिहानघाट (कब्रिस्तान) मा तारबार गर्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो ।

विवादको क्रममा घरेलु हतियार प्रयोग गरी घाइते बनाउने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा पाँच जना घाइते भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय अब्बास अन्सारी, ३७ वर्षीय अनुहर अलि र २५ वर्षीय निसाद अहमद रहेका छन् ।

कब्रिस्तानको जग्गा संरक्षण गर्न भन्दै स्थानीयवासीले तारबार गर्न लाग्दा स्थानीय अब्बास अन्सारीले रुख काटेको विषयलाई लिएर झगडा शुरु गरेका थिए । उक्त जग्गा अन्सारीले जालसाझी गरेर आफ्नो बनाएको गाउँलेको आरोप छ भने अन्सारीले उक्त जग्गा आफ्नै भएको दाबी गरेका छन् ।

दुई पक्षबीच झगडा शुरु भएपछि अन्सारी पक्षले घरेलु हतियार प्रयोग गरेको स्थानीयवासीले बताएका छन् । सो क्रममा घाइते भएका पाँच जनाको अहिले भैरहवा यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखी अनुसन्धान भइरहेको र सार्वजनिक बिदा सकिएपछि आवश्यक कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  १ : १८ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र