प्रहरीका कुकुरलाई चाहिन्छ कर्मचारीको भन्दा महङ्गो खान्की | Khabarhub Khabarhub

प्रहरीका कुकुरलाई चाहिन्छ कर्मचारीको भन्दा महङ्गो खान्की


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सधैंको वर्षझैं नेपाल प्रहरीले यसपटक पनि अपराध अनुसन्धानमा सघाउने कुकुरलाई सम्मान गर्दै कुकुर तिहार मनाएको छ । नेपाल प्रहरीले २०२६ सालबाट अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गर्न थालेको थियो ।

नेपाल प्रहरीले विभिन्न जटिल प्रकृतिका अपराधका दोषी पहिचानका लागि कुकुरको प्रयोग गर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ५ वर्षमा मात्र कुकुरको प्रयोग गरी ३३ वटा घटनाको अनुसन्धानमा प्रहरीले सफलता हात पारेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार विशेष गरी जघन्य अपराधका घटनाको अनुसन्धानका लागि प्रहरीले कुकुरको प्रयोग गर्दै आएको छ ।

केन्द्रीय प्रहरी कुकुर तालिम स्कूलकी प्रमुख एसएसपी देउती गुरुङका अनुसार कतिपय घटनामा कुकुरको अद्भुत क्षमताले पत्ता लगाएका व्यक्तिहरु नै घटनाका वास्तविक अपराधी साबित हु“दै आएका छन् । उनका अनुसार, कुकुरको विशेष क्षमता अपराध अनुसन्धानमा उपयोगी सावित भएको छ । अहिले केन्द्रीय प्रहरी तालिम स्कूलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गरिँदै आएको छ ।

केन्द्रीय प्रहरी तालिम स्कूलकी प्रमुख एसएसपी गुरुङ्का अनुसार नेपाल प्रहरीस“ग ८ प्रजातिका ८५ वटा कुकुर रहेका छन् । जसमा जर्मन सेफर्ड, ककर स्प्यानियल, बेल्जियम मेनोलोइज, गोल्डेन रिट्रिभर, ल्याब्रोडर, बिगल, डच सेफर्ड र ब्लड हाण्ड छन् ।

एसएसपी गुरुङ भन्छिन्, ‘सुरुमा कुकुरलाई विषयगत रुपमा छुट्टाछुट्टै ३ महिने आधारभूत तालिम दिइन्छ । जब तालिम पुरा गरिन्छ त्यसपछि कुकुरको क्षमता मुल्याङ्कन गरी घटना हेरी अपराध अनुसन्धानका लागि प्रयोग गरिन्छ ।’

कस्तो कुकुरलाई कुन अनुसन्धानमा प्रयोग ?

प्रहरी प्रवक्ता, डिआईजी पोखरलेका अनुसार, भीभीआईपी तथा भीआईपीको सुरक्षा, बम, बारूद, विस्फोटक पदार्थ र हतियार पत्ता लगाउन ‘एक्स प्लोसिभ डग’ प्रयोग हुन्छ । त्यसैगरी बाढी, पहिरो, लगायतका प्राकृतिक विपद्मा उद्धारका लागि ‘सर्च एण्ड रेस्क्यू डग’ प्रयोग गरिन्छ । लागूऔषध सम्बन्धी घटनाको अनुसन्धानका लागि ‘ड्रग्स सर्च डग’ विधाका कुकुर परिचालन गरिँदै आएको छ ।

यता ‘ट्रयाकर डग’ले हत्या, अपहरण, बलात्कारजस्ता घटनाको दोषीको पहिचान गर्छन् । प्रहरीले प्रदेश ५ बाहेक ६ वटा प्रदेशमा क्षेत्रीय कुकुर शाखा समेत स्थापना गरेको छ ।

कुकुरको खाना कर्मचारीको भन्दा महङ्गो

केन्द्रीय प्रहरी तालिम स्कूलकी प्रमुख एसएसपी गुरुङका अनुसार, तालिम प्राप्त कुकुरलाई दैनिक ‘डग फूड’ खुवाउनु पर्छ । जस अनुसार, एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ । उनि भन्छिन्, ‘एउटा कुकुरको खानाको लागि मात्र दैनिक लगभग ३ सय ४० रुपैया“ खर्च हुन्छ ।’
तर, प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार, प्रहरी कर्मचारीले भने खानाका लागि दैनिक १ सय ५० रुपैया“ मात्र पाउने गरेका छन् ।

मानिस र कुकुरबीचको सम्बन्ध

विभिन्न अनुसन्धानअनुसार, करिब ३० हजार बर्ष अघिबाट मानिस र कुकुरबीच निकटता रहेको इतिहास छ । अहिले संसारभर करिब १ सय ८९ प्रजातिका कुकुर रहेका छन् । अहिले कुकुरलाई मानिसको भरपर्दो र विश्वासिलो साथीको रुपमा समेत लिइन्छ ।

कुकुरले सामाजिक सुरक्षा, अपराध अनुसन्धान लगायतका कार्यहरुमा विशेष भूमिका निर्वाह गर्दै आएको छ भने कुकुर रक्षक अर्थात पहरेदारका रुपमा मानिदै आएको छ ।

मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक मानिने कुकुरलाई हिन्दू धार्मिक मान्यताका अनुसार यमदूत पनि मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ५ : ३३ बजे

बिहानै डाकिएको काठमाडौं महानगरको श्रोत व्यवस्थापन बैठक अनिश्चित , प्रवक्ता मानन्धर भन्छन्- आधिकारिक जानकारी छैन

काठमाडौं– काठमाडौं महानगरपालिकामा बुधबार बस्ने भनिएको स्रोत अनुमान तथा बजेट

राजुनाथको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्तरिम

पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन (तस्बिरहरू)

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहको

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ– खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका