प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा « Khabarhub

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण्ण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।

सभापति देउवाले भने, “प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन् । यसमा षडयन्त्र हुन लागेको छ । त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ । अब तपाईंहरुको काँधमा बढी जिम्मेवारी आएको छ ।”

लोकतन्त्रको रक्षा र सुदृढीकरणमा तरुण दल ठूलो उत्साहका साथ लागेको भन्दै उनले तरुण दलको नेतृत्वको प्रशंसासमेत गरे । साथै उनले भोलिका दिनमा आउने थप चुनौतीको सामना गर्न तरुण दललाई अझ सशक्त र जुझारु सङ्गठन बनाउन सुझाव दिए ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताए ।

कार्यक्रममा कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो । तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ४ : २० बजे

दरबार हत्याकाण्डः राजा वीरेन्द्र वंशनाशको २५ वर्ष पूरा

काठमाडौँ– तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार

पेलेदेखि जिदानसम्म: खेलको शैली बदल्ने विश्वकपका पाँच खेलाडी

विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप