धेरै दूध उत्पादन गर्ने २५ कृषकलाई अनुदान « Khabarhub

धेरै दूध उत्पादन गर्ने २५ कृषकलाई अनुदान


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पूर्वी चितवनको कालिका नगरपालिकाले वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादनमा अनुदान दिन थालेपछि कृषक उत्साहित भएका छन् ।

गत आवमा १२ जना कृषकले अनुदान पाएकामा यस आव यो सङ्ख्या २५ पुगेको छ । अघिल्लो आवको दूधको आधारमा अनुदान दिन थालिएको हो ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार १० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई रु ३३ हजार ३३३ का दरले अनुदान दिइएको छ । उनका अनुसार यसरी अनुदान पाउने कृषकमा गत वर्ष ५८ हजार लिटर दूध बिक्री गर्नेसम्मका रहेका छन् ।

कृषकलाई व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने उद्देश्यले अनुदानमा जोड दिइएको प्रमुख श्रेष्ठले बताए ।  अनुदान दिन शुरु गरेपछि कृषक उत्साहित भएको उनको भनाइ छ ।

यसबाहेक कृषकलाई गोठ सुधारमा रु एक लाखसम्म, घाँसको बीउमा अनुदान, वोयर जातको बोका वितरण, ब्याड राँगा वितरण, ‘काउम्याट’मा अनुदान दिइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ५५ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन