बोरुसियालाई हराउँदै बार्सिलोना नकआउट चरणमा « Khabarhub

बोरुसियालाई हराउँदै बार्सिलोना नकआउट चरणमा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोना समूह चरणको एक खेल अघि नै युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि ३-१ को सहज जित निकाल्दै बार्सिलाेना नकआउट चरणमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान लिओनल मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रीजम्यानले समान एक/एक गोल गरे । मेस्सीले २ गोलका लागि असिस्टसमेत गरे ।

खेलको २९ औँ मिनेटमा कप्तान मेस्सीकाे पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलएका थिए । यस अघि पनि मेस्सीकै पासमा स्वारेजले गोल गरेपनि उक्त गोल भिएआरबाट रद्द भएको थियो ।

स्वारेजले गोल गरेको ५ मिनेटपछि नै कप्तान मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले स्वारेजको पासमा सहजै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता लियो ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो भने डर्टमुन्डले पनि एक गोल फर्कायो । ६७औं मिनेटमा कप्तान मेस्सीकै पासमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

त्यसपछि बार्सिलोनाले एक गोल खायो । दोस्रो हाफमा मैदान छिरेका युवा खेलाडी जोर्डन सान्चोले खेलको ७७औं मिनेटमा दर्शनीय गोल गरेर खेल ३-१ बनाए । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल ३-१ गोल अन्तरले बार्सिलोनाले जित्यो ।

यो जितसँगै समूह ‘एफ’ मा रहेको बार्सिलोनले एक खेल अघि नै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनाले ५ खेलबाट ११ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा