सवारी साधनमा प्रदेश संकेत अनिवार्य गरिँदै « Khabarhub

सवारी साधनमा प्रदेश संकेत अनिवार्य गरिँदै


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य गरेको छ ।

विभागले एक सूचना जारी गर्दै नयाँ दर्ता हुने सवारी साधनलाई नम्बर राख्दा मिलाएर राख्न भनेको हो ।

गत वर्षदेखि नै सरकारले नयाँ दर्ता हुने सवारीसाधनमा नम्बर प्लेटमा अगाडि तल र माथि गरी दुई र पछाडि तीन लाइनमा नम्बर राख्ने गरी प्लेट निर्माण गर्न अनिवार्य गरेको थियो ।

धेरै सवारी धनीले नबुझेर दुई लाइनमा मात्रै नम्बर प्लेट बनाएको पाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार नम्बर नराख्ने सवारी साधनलाई कारवाही हुने बताइएको छ ।

सरकारले यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेसँगै सवारी साधनमा प्रदेशको सङ्केत अनिवार्य गरिएको थियो ।

कार्यालय प्रदेशमा गएपछि दर्ता भएका सवारी साधनमा प्रदेश सङ्केत उल्लेख भए पनि एक वर्षभन्दा पहिले दर्ता भएका सवारी साधनमा अञ्चलकै सङ्केत रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ०४ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी