च्याम्पियन्स लिगमा मेस्सीको नयाँ कीर्तिमान | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा मेस्सीको नयाँ कीर्तिमान


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान बनाएका छन् ।

मेस्सीले च्याम्पियन्स लिगको इतिहासमा फरक ३४ टिमविरुद्ध गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। यस अघि मेस्सीले क्रिस्टियानो रोनाल्डो र राउलसँग बराबरी गर्दै ३३ फरक टिमविरुद्ध गोल गरेका थिए । मेस्सीले बार्सिलोनाका लागि सात सयौं खेल खेल्दै एक गोल र एक असिस्ट गरेका थिए । मेस्सीले यस खेलमा गोल गरेसँगै च्याम्पियन्स लिगको इतिहासमा नयाँ कीर्तिमान समेत बनाएका छन् ।

बुधबारको खेल मेस्सीको कीर्तिमानीसँगै बार्सिलोना अन्तिम १६ मा पुगेको छ । जारी प्रतियोगितामा टिमका तीन स्टार फरवार्डहरु लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजम्यानले १–१ गोल गरेपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले जर्मनीको बलियो टिम बोरुसिया डर्टमण्डलाई ३–१ ले पराजित गरेको छ ।

डर्टमण्डका लागि एक गोल जाडोन सान्चोले गरेका थिए । यस खेलमा बार्सिलोनाका ओसमान डेम्बेले घाइते भएका छन् । बार्सिलोनाका लागि डेम्बेलेको इन्जुरीले फेरि चिन्ता बढाएको छ । यो जितपछि बार्सिलोना ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो समूहबाट अन्तिम १६ मा छनौट हुने दोस्रो टिमको टुंगो भने अन्तिम खेलपछि हुने भएको छ । यस समूहमा इन्टरमिलान र डर्टमण्ड ५–५ खेलमा ७–७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अब समुह चरणको अन्तिम खेलमा इन्टरमिलानले बार्सिलोनासँग खेल्ने छ भने डर्टमण्ड स्लाभिया प्राहसँग डिसेम्बर ११ मा खेल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : १८ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक