प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै, आज केहिबेर हिँडाइने « Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै, आज केहिबेर हिँडाइने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आज ठोस खानेकुरा खुवाउने तयारी भएको छ ।

बुधबार रातभर ओलीको स्वास्थ्यमा धेरै सुधार भएको र आज केहिबेर हिँडाउने तयारी रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठे प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘मङ्गलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानी छ ।

यसबीचमा उनको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ४१ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत