विहेमा दाइजो दिने रकमबाट बालबालिका र महिलालाई न्यायो कपडा « Khabarhub

विहेमा दाइजो दिने रकमबाट बालबालिका र महिलालाई न्यायो कपडा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा १ व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नी छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाएका हुन् ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका छन् ।  त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गरे ।

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताए ।

लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले २ छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताइन् । झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ११ : २१ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको