तपाईंको मुटुको चालमा गडबडी त छैन ? « Khabarhub

तपाईंको मुटुको चालमा गडबडी त छैन ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य मानिसको मुटु प्रतिमिनेट ६० देखि १०० पटक सम्म धड्किने गर्छ । यदि एक मिनेटको अवधीमा ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी मुटु धड्किन्छ भने यो मुटुको चालमा गडबडी भएको हुनसक्छ ।

मुटुको चालमा गडबढीको कारण

जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा, मुटुमा संक्रमण हुँदा, लामो समयसम्म उच्च रक्तचाप, सुगरको समस्या भएमा मुटुको चालमा गडबढी हुन्छ । त्यस्तै उमेर बढ्दै जाँदापनि यस्तो समस्या देखा पर्न सक्छ । त्यसैगरि हृदयघातको समस्या भएका विरामीलाई मुटुका चाल गडबढी हुने रोग लाग्ने गर्दछ ।

कसरी थाहा पाउने ?

अब तपाईंलाई मुटुको चाल कसरी गडबड भएको कसरी पत्ता लगाउने भन्ने प्रश्न उठ्न सक्छ । शरीर कमजोर महशुस भएमा मुटु हल्लिएको जस्तो लागेमा चाल गडबड भएको पनि हुन सक्छ । त्यस्तै छाती दुख्ने, रिंगाटा लाग्ने र बेहोस हुने लगायतका समस्या भएपनि मुटुको जाँच गराउँनु पर्छ ।

यस्तो समस्या देखिएका विरामीको मृत्यु हुने जोखिम हुन्छ । त्यसैले यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पतालमा आकस्मिक कक्षमा लगेर उपचार गराउनुपर्छ ।

मुटुको चालमा गडबडी जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ ।उमेर बढ्दै जाँदा यसको जोखिम पनि बढ्दै जान्छ । कसैलाई जन्मजात हुनसक्छ भने जन्मेपछि पनि हुनसक्छ। हृदयाघात वा अनियन्त्रित रक्तचापका कारण पनि मुटुको चालमा गडबडी हुनसक्छ ।

मुटुको चाल नियन्त्रणमा राख्न यस्तो गर्नुस्

जन्मजात मुटुरोगको समस्याको समाधानभनेको चिकित्सकिय उपचार नै हो । तर खानपान र अस्वास्थकर जीवनशलीका कारण हुने मुटुको चाल गडबढीलाई भने हामीले नियन्त्रण गर्न सकिन्छ । मुटुको चाललाई नियन्त्रणमा राख्न स्वास्थ्य जीवनशैली अपनाउनु पर्छ । कहिलेकाँही डरका कारण वा तनावका कारण पनि मुटुको चाल गडबढ हुन जान्छ ।

के गर्ने ?

– नियमित रुपमा शारीरिक व्यायम गर्ने,

– बढी चिल्लो,पिरो, नुन र मसला भएको खाना नखाने,

– धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन नगर्ने ,

– मदिरा सेवन कम गर्ने,

– उच्च रक्तचाप, सुगरको समस्या भएका व्यक्तिहरुले नियमित औषधी सेवन र स्वास्थ्य परिक्षण गरी रोग नियन्त्रणमा राख्ने,

– माटोपना नियन्त्रण गर्ने,

– गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन गर्ने महिलाले जन्माएको शिशुमा जन्मजात मुटुको चाल गडबढीको समस्या हुने हुँदा गर्भवती महिलाले खानपिनमा विषेश ध्यान दिने ।

मुटुको चाल बढाउन सामान्यता औषधि छैन । भएका औषधि पनि त्यति प्रभावकारी छैनन् । त्यसैले मुटुको चाल ढिलो भएको छ भने पेसमेकर राख्ने गरिन्छ । यस्तो भए मानिस बेहोस हुने, रिंगटा लाग्ने र अन्त्यमा मृत्यु पनि हुन्छ । चाल बढी भएको खण्डमा त्यसलाई नियन्त्रणका लागि केही औषधिहरु पाइन्छ ।

मुटुको चाल छिटो भएका बिरामीमा पीएसभीटी, एसभीटी, भीटी समस्या हुन्छ। मुटुको उपचार हुने कम रोगमध्ये पीएसभीटी पनि एक हो । जसलाई रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट विशेष प्रकारको उपचार गरिन्छ ।

अलि सामान्य अवस्थामा टुडी म्यापिङ प्रयोग गरी निदान गरिन्छ भने बिरामीको अवस्था जटील खालको छ भने अत्याधुनिक प्रविधि थ्रीडी म्यापिङमार्फत् रोग निदान हुन्छ । यी दुवै खालका रोगको निदान भएपछि रेडियो फ्रिक्वेन्सी एब्लेसन अत्याधुनिक प्रविधिमार्फत् उपचार गरिन्छ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५० बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने