साना उद्यमीलाई पूँजीको अभाव हुँदैन : अर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

साना उद्यमीलाई पूँजीको अभाव हुँदैन : अर्थमन्त्री खतिवडा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन् ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा खतिवडाले पर्यटकले मौलिक परम्पराका ती सामग्री खरीद गरेमा सम्बन्धित व्यवसायी लाभान्वित हुने विचार व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीले गुणस्तरीय सामान कम लागतमा उत्पादन गर्न आवश्यक पर्ने नीति निर्माण परिमार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यस क्षेत्रका उद्यमीले अब अन्तरराष्ट्रिय बजारको मागअनुसार प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करीब रु १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेकाले यसको विकास गर्न सकेमा रोजगारी विकास भई देश समृद्ध बन्ने विचार राखे ।

यही मङ्सिर १६ गतेसम्म हुने मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन् ।

अमूर्त सांस्कृतिक सम्पदा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने वेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन् । स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएको छ । यसले देशभर ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।

मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ३ : ५७ बजे

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी