फिफा बरियतामा ३ स्थान तल झर्‍यो नेपाल | Khabarhub Khabarhub

फिफा बरियतामा ३ स्थान तल झर्‍यो नेपाल


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान तल ओर्लिएको छ ।

फिफाले जारी गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६७ औं स्थानमा थियो ।

दक्षिण एसियामा भने नेपाल भारत र माल्दिभ्स पनि तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको भारत १ सय ८ औं स्थानमा छ भने दोस्रो नम्बरको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ ।

दक्षिण एसियाका अन्य राष्ट्रमा नेपाल पछि बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५ औं स्थानमा छन् ।

विश्वव्यापी वरियतामा भने पहिलो नम्बरमा बेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्गल्याण्ड र पाँचौमा उरुग्वे छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ३० बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक