केयुमा फेरि लाग्यो ताला, प्राध्यापक र कर्मचारी आन्दोलनमा « Khabarhub

केयुमा फेरि लाग्यो ताला, प्राध्यापक र कर्मचारी आन्दोलनमा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं विश्व विद्यालय (केयु) का प्राध्यापक र कर्मचारीले केयुको उपकुलपति र रजिस्ट्रार कार्यालयमा पुन तालाबन्दी गरेका छन् ।

काठमाडौं विश्व विद्यालय प्राध्यपक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले केयुले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेको हो ।

केयुका प्राध्यापक संघ, कर्मचारी संगठनले केयुमा ऐन अनुसार सञ्चालन नभएको, नीतिगत कुरामा भएका समस्या समाधान, कर्मचारीहरुको वृद्धिविकास हुनुपर्ने लगायतको विभिन्न ४ बुँदे माग राख्दै यसअघि पनि ४० दिन आन्दोलन गरेका थिए  ।

४० दिनको आन्दोलन पछि केयुले मागहरु सम्बोधन गर्ने सहमित गरेको थियो । सो सहमति पछि आन्दोलनरत केयुका प्राध्यापक तथा कर्मचारीले ताला खुलाएका थिए ।

केयुका प्राध्यापक तथा कर्मचारीले केयुको कार्य व्यवस्थामा भएको फ्याकल्टी वीलफेर काउन्सिल र स्टार्फ वीलफेर काउन्सिल सम्बन्धि व्यवस्था खारेज गरी प्राध्यापक संघ र कर्मचारी सं सम्बन्धि व्यवस्था समावेग गर्ने सहमति भएको थियो ।

यस्तै केयुको वार्षिक लेखा परीक्षा महालेखा परिक्षकबाट गराउने व्यवस्था गर्ने, एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धति विकास गर्ने लगायतको विभिन्न सहमित भएको थियो । केयुका प्राध्यापक र कर्मचारीले सो सहमति कार्यान्वयन नगरेको भन्दै केयुमा ताला लगाएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : ४१ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय