साग खेल हेर्न जाने सोच बनाउनुभएको छ ? अनलाईनबाट पाइन्छ टिकट | Khabarhub Khabarhub

साग खेल हेर्न जाने सोच बनाउनुभएको छ ? अनलाईनबाट पाइन्छ टिकट


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को टिकट अनलाइनबाट सहजै उपलब्ध हुने भएको छ ।

दुई दशकपछि नेपालमा भइरहेको साग खेलका सबै टिकट अनलाइनबाट बिक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ ।

यससँगै राजधानी काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत सहजै खरीद गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

दर्शकले sag.esewa.com.np मा गई आफूले हेर्न चाहेको खेलको टिकट खरीद गर्न सक्नेछन् । टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाइल नम्बर र युनिक क्युआर कोड रहनेछ ।

दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट ‘रियल टाइम’ मै ‘भेरिफाइ’ हुने र परिचयपत्र देखाएपछि दर्शकले प्रवेश पाउने छन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्ने जनाइएको छ ।

यस्तै यसपटक फुटबल प्रतियोगितामा सिट नम्बरसहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाइलबाट टिकट खरीद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिले नजिकैको साइबर, स्टेशनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गई अनलाइन टिकट खरीद गर्न सकिनेछ ।

यसअघि पनि इसेवाले आइसिसी, एन्फाअन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । सन् २००९ बाट सञ्चालन रहेको इसेवाको २५ लाख ग्राहक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ४१ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा