के उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्‍यो ? « Khabarhub

के उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्‍यो ?


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– उत्तर कोरियाले पहिचान नभएको एक प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तरले पहिचान नभएको एक प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले बिहीबार मध्यान्ह प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको हो । मिसाइल परीक्षण भए-नभएको पहिचान भने भएको छैन । यदी मिसाइल पहिचान भए मे महिनायता यो १३औं मिसाइल परीक्षण हुनेछ ।

अमेरिका र उत्तर कोरियाबीच परमाणु निशष्त्रीकरण सम्बन्धी सम्झौताको तयारी भइरहँदा उत्तरले अर्को प्रक्षेपण गरेको हो ।

त्यसो त, हालै उत्तरका नेता किम जङ उनले अमेरिकासँग वार्तामा कुनै इच्छा नभएको प्रतिक्रिया दिएका थिए ।

बिहीबार मात्रै अमेरिकामा ‘थ्याङ्सगिभिङ’ मनाइरहँदा उत्तरले चेतावनीको रुपमा प्रक्षेपण गरेको टिप्पणी अन्तर्राष्ट्रिय मिडियाको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ०६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित