भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई « Khabarhub

भ्रमण वर्ष सफल बनाउन आतिथ्य महत्वपूर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताए ।

विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौँमा जारी सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल भ्रमण वर्षको अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउन आतिथ्यमा जोड दिनुपर्ने उल्लेख गरे ।

मन्त्री भट्टराईले नेपालको प्राथमिकता प्राप्त पर्यटन उद्योग वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मानिँदै आएको बताए । पर्यटन उद्योगमा नीतिगत सुधार गरी यसबाट प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आवश्यक रहेको उनको भनाइ थियो।

यसैबीच इयूहोफाको अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ चयन भए।

उनी सन् २०१७ देखि यो संस्थाको बोर्ड सदस्य थिए। इयूहोफाका नवनिर्वाचित अध्यक्ष लकाइँले नेपाल अतिथिलाई भगवान्का रूपमा हेर्ने मुलुक भएको भन्दै यहाँको आतिथ्य सत्कार विश्वभरि नै उदाहरणीय मानिएको बताए।

इयूहोफाको सञ्जालमा एशिया, युरोप, अमेरिका, अफ्रिका र अष्ट्रेलियासम्मका आतिथ्य व्यवस्थापन अध्यापन गरिने शैक्षिक प्रतिष्ठान सदस्य आबद्ध छन् । सञ्जालमा नेपालबाट १४ होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठान सदस्य छन् ।

काठमाडौँमा जारी ५८औँ कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्यसम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापक, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञको सहभागिता छ।

नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्य एशियामा नै पहिलोपटक भएको बताइएको छ । अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि अतिथि सत्कार परिवेशअनुरूप विश्व बजारमा देखाउने दरिलो अवसर भएको आयोजकले जनाएको छ । बुधबार शुरु भएको सम्मेलन यही मंसिर १५ गतेसम्म चल्नेछ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ९ : ४३ बजे

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि