नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने « Khabarhub

नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ ।

यो प्रयोजनका निम्ति भ्रमण वर्ष सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सिएन पाण्डेबीच आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १४ बुँदे समझदारीपत्रमा भ्रमण वर्षमा छुट दिने, अन्तर्राष्ट्रिय ट्राभलरको सम्मेलन नेपालमा गर्ने तथा दोस्रो बुद्धिष्ट ट्राभल मार्ट आयोजनालगायतका कार्यक्रम छन् ।

नाट्टाका अध्यक्ष पाण्डेले भ्रमण वर्षलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त अभियान अवधिभर संस्थाले ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने नयाँ कार्यक्रम घोषणा गरेको जानकारी दिए।

भ्रमण वर्षका संयोजक वैद्यले सातै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

भ्रमण वर्षको अवसरमा नाट्टाले छिट्टै विदेशी एयरलाइन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यसले शीघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा उडान व्यवस्थापनका लागि सहयोग पुग्ने अध्यक्ष पाण्डेको भनाइ छ ।

त्यसैगरी सन् २०२० को मार्च महिनामा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्न र त्यहाँ ५० देशका टुर अपरेटरलाई सहभागी गराउने नाट्टाको योजना छ । गत वर्ष नाट्टाले आयोजना गरेको पहिलो मार्टमा ३० देशका पर्यटन व्यवसायी सहभागी थिए ।

भ्रमण वर्षका दौरानमा संस्थाले अन्य प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने अध्यक्ष पाण्डेले बताए । देशभरका टुर एण्ड ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण संस्थाको रुपमा मानिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ३० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै