नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी « Khabarhub

नाइजेरियामा ११ जनाको हत्या गरेको आइएसको दाबी


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विद्रोही संगठन इस्लामिक स्टेट (आइएस) ले एक भिडियो सार्वजनिक गरेर नाइजेरियामा ११ जनाको हत्या गरेको दाबी गरेको छ ।

हत्या गरिएका सबै इसाई धर्मावलम्बी रहेको र उनीहरुको हत्या घाँटी रेटेर गरिएको आइएसले दाबी गरेको छ । आइएसको समाचार संस्था अमाकले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिको घाँटी छिनाउँदै गरेको देखाइएको छ ।

भिडियो ५६ सेकेण्डको छ । मारिनेका बारेमा थप केही खुलाइएको छैन, तर उनीहरु सबै पुरुष हुन् । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट अपहरण गरिएका ती व्यक्तिको हत्या बदलाका लागि भएको आइएसले बताएको छ ।

गएको अक्टोबरमा सिरियामा भएको आफ्ना सर्वोच्च नेता तथा प्रवक्ताको हत्याको बदला लिन ११ जनाको हत्या गरिएको आइएसले जनाएको छ। सो भिडियो बिहीबार सार्वजनिक भएको हो ।

भिडियोमा अज्ञात स्थानमा गोली हानेको आवाज आउँछ । त्यसपछि एकजनामाथि गोली हानिन्छ र बाँकी १० जनालाई भूईँमा लडाएर घाँटी काटेको देखिन्छ ।

गएको अक्टोबरमा आइएसका तत्कालनीन नेता अबु बकर अल–बग्दादी र प्रवक्ता अबुल हसन अल–मुहाजिरको सिरियामा मृत्यु भएको थियो।

त्यसको दुई महिनापछि डिसेम्बर २२ मा आइएसले आफ्ना नेताको मृत्युको बदला लिने भन्दै नयाँ सैन्य अभियान सुरु गरेको बताएको थियो । त्यसपछि विभिन्न देशमा भएका आक्रमणको जिम्मा आइएसले लिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ३२ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला