अपराधमा विदेशीको संलग्नता बढ्दो « Khabarhub

अपराधमा विदेशीको संलग्नता बढ्दो


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् ।

पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ ।

यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्री विदेशी नागरिकको क्रियाकलापमाथि निगरानी आवश्यक रहेको बताए ।

कतिपयले ट्रेकिङ (पदयात्रा) का नाममा निषेधित क्षेत्रको तस्बिर तथा भिडियो खिच्ने, जासुसी गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने र अश्लील क्रियाकलापलाई निरुत्साहित पार्न सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने उनको सुझाव छ ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल सञ्चालनमा रहेका ७४ वटा कारागारमध्ये ३१ वटा कारागारमा एक हजार २६९ जना विदेशी नागरिक कैदीबन्दी छन् ।

अधिकांश कैदीबन्दी जघन्य अपराधअन्तर्गत ज्यान मार्ने उद्योग, अपहरण तथा हत्या, बलात्कार, लागूऔषध, मानव बेचविखन, दुर्लभ वन्यजन्तुको चोरी शिकारी, बालयौन दुराचार, सङ्गठित अपराधमा संलग्न छन् ।

सबैभन्दा बढी केन्द्रीय कारागार जगनाथदेवलमा २१४, ललितपुरको नख्खुस्थित कारागारमा ११३, पर्सामा २२५, झापामा १११, मकवानपुरको भीमफेदीमा ६३, झुम्का (सुनसरी) मा ८५ र मोरङमा ५९ जना विदेशी कैदीबन्दी छन् ।

त्यस्तै, बाँकेमा ५२, महोत्तरीमा ३१, काठमाडौँ डिल्ली बजारमा २६, रौतहटमा २२, कपिलवस्तुमा २४, कास्कीमा ३१, पाल्पामा १६, रुपन्देहीमा १६, कैलालीमा ३१, कञ्चनपुरमा ११, बर्दियामा १४, चितवनमा १९ र दाङमा ११ जना कैदीबन्दी छन् ।

नेपालका कारागारमा २२ हजार ७२९ पुरुष, एक हजार ४९६ महिला र ९४ जना आश्रित बालबालिका गरी २३ हजार ८९६ जना स्वदेशी र एक हजार ६९ जना विदेशी गरी जम्मा २५ हजार १३८ जना कैदीबन्दी छन् ।

विभागका अनुसार, विदेशी कैदीबन्दीहरूमा करिब ५० प्रतिशत भारतीय नागरिक रहेका छन् । ती कैदीबन्दीका लागि वार्षिक करिब ८० करोड रुपियाँ खर्च हुने गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा आउने पर्यटकमाथि उच्च निगरानी बढाउनुपर्ने भएको छ । यसका लागि अध्यागमन विभाग र प्रहरीको महìवपूर्ण भूमिका आवश्यक छ ।

अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले शङ्कास्पद गतिविधिमा संलग्न विदेशी नागरिकको विषयमा सूचना पाएसम्म प्रचलित कानुनअनुसार कारबाही गरी धेरैलाई फिर्ता गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ५२ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका