अपराधमा विदेशीको संलग्नता बढ्दो | Khabarhub Khabarhub

अपराधमा विदेशीको संलग्नता बढ्दो


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् ।

पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ ।

यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्री विदेशी नागरिकको क्रियाकलापमाथि निगरानी आवश्यक रहेको बताए ।

कतिपयले ट्रेकिङ (पदयात्रा) का नाममा निषेधित क्षेत्रको तस्बिर तथा भिडियो खिच्ने, जासुसी गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने र अश्लील क्रियाकलापलाई निरुत्साहित पार्न सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने उनको सुझाव छ ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल सञ्चालनमा रहेका ७४ वटा कारागारमध्ये ३१ वटा कारागारमा एक हजार २६९ जना विदेशी नागरिक कैदीबन्दी छन् ।

अधिकांश कैदीबन्दी जघन्य अपराधअन्तर्गत ज्यान मार्ने उद्योग, अपहरण तथा हत्या, बलात्कार, लागूऔषध, मानव बेचविखन, दुर्लभ वन्यजन्तुको चोरी शिकारी, बालयौन दुराचार, सङ्गठित अपराधमा संलग्न छन् ।

सबैभन्दा बढी केन्द्रीय कारागार जगनाथदेवलमा २१४, ललितपुरको नख्खुस्थित कारागारमा ११३, पर्सामा २२५, झापामा १११, मकवानपुरको भीमफेदीमा ६३, झुम्का (सुनसरी) मा ८५ र मोरङमा ५९ जना विदेशी कैदीबन्दी छन् ।

त्यस्तै, बाँकेमा ५२, महोत्तरीमा ३१, काठमाडौँ डिल्ली बजारमा २६, रौतहटमा २२, कपिलवस्तुमा २४, कास्कीमा ३१, पाल्पामा १६, रुपन्देहीमा १६, कैलालीमा ३१, कञ्चनपुरमा ११, बर्दियामा १४, चितवनमा १९ र दाङमा ११ जना कैदीबन्दी छन् ।

नेपालका कारागारमा २२ हजार ७२९ पुरुष, एक हजार ४९६ महिला र ९४ जना आश्रित बालबालिका गरी २३ हजार ८९६ जना स्वदेशी र एक हजार ६९ जना विदेशी गरी जम्मा २५ हजार १३८ जना कैदीबन्दी छन् ।

विभागका अनुसार, विदेशी कैदीबन्दीहरूमा करिब ५० प्रतिशत भारतीय नागरिक रहेका छन् । ती कैदीबन्दीका लागि वार्षिक करिब ८० करोड रुपियाँ खर्च हुने गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० मा आउने पर्यटकमाथि उच्च निगरानी बढाउनुपर्ने भएको छ । यसका लागि अध्यागमन विभाग र प्रहरीको महìवपूर्ण भूमिका आवश्यक छ ।

अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले शङ्कास्पद गतिविधिमा संलग्न विदेशी नागरिकको विषयमा सूचना पाएसम्म प्रचलित कानुनअनुसार कारबाही गरी धेरैलाई फिर्ता गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ५२ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको