चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस « Khabarhub

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ मापन भएको थियो ।

त्यस्तै तराईको हुस्सु/कुहिरो जारी नै रहेकाले चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १२ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १४ गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : १९ बजे

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६