समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो : झलनाथ खनाल « Khabarhub

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो : झलनाथ खनाल


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् ।

विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए ।

‘अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो’, पूर्वमन्त्री खनालले भने ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पूँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताए । ‘राष्ट्रिय पूँजीको विकास भनेको यस्तो पूँजी हो जसले रोजगारी सिर्जना गर्छ’, मन्त्री भुसालले भने ।

मार्क्सवादी चिन्तक गोपीरमण उपाध्यायले श्रमको मालिक श्रमिक आफैँ हुनुपर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य प्रेमकुमार खनालको ‘अबको श्रम आन्दोलन र श्रम क्रान्ति’ नामक पुस्तक लोकार्पण भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : ४० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा