भीम रावलप्रति ओलीको व्यङ्ग्य : नयाँ नयाँ कवि जन्मिए « Khabarhub

भीम रावलप्रति ओलीको व्यङ्ग्य : नयाँ नयाँ कवि जन्मिए


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै नेता भीम रावलप्रति व्यङ्ग्य गरेका छन् ।

शनिवार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रस संगठनका पदाधिकारीहरुको शपथ ग्रहरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको सफतामा बोल्न नसक्ने नेताहरुले विरोधमा मात्र बोलेको आरोप लगाए ।

‘पार्टीको सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि जाँदैन’ ओलीले भने,‘कुण्ठा मात्रै बोकेर पार्टीमा कसैको भलो हुँदैन । पार्टी र सरकारले राम्रो गर्दा बोल्न नसक्ने ?’

राष्ट्रियसभा निर्वाचनका बारेमा केही दिन पहिलाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले व्यङ्ग्य गर्दै कविता सुनाएका थिए । त्यसको खण्डन ओलीले गरेका हुन् ।

ओलीले भने ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन ?’

कार्यक्रममा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताए ।

ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  २ : ५८ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा