ओली सरकार मधेशी जनतालाई सुन्नै चाहँदैन– देउवा « Khabarhub

ओली सरकार मधेशी जनतालाई सुन्नै चाहँदैन– देउवा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् ।

शनिवार धनुषा पुगेका देउवाले नेपाली कांग्रेसका नेता बलराम नायकको श्रद्धाञ्जली सभामा भने,‘अहिले ओली सरकार मधेशी जनतालाई सुन्नै चाहदैन, त्यसैले सरकार विरुद्ध सबै एकजुट भएर अघि बढ्ने बेला भएको छ ।’

देउवाले वर्तमान सरकारले मनपरी रुपमा शासन सत्ता सञ्चालन गरिरहेको आरोपसमेत लगाए ।

कम्युनिस्ट सरकारले हरेक आयोग गठनमा एकलौटी गरिरहेको र शाही आयोग जस्तै बनाउन खोजेको आरोप देउवाको थियो ।

देउवाले कांग्रेस एक भए कसैको केही नलाग्ने बताउँदै पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताए ।

लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : ०३ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको