ओली सरकार मधेशी जनतालाई सुन्नै चाहँदैन– देउवा « Khabarhub

ओली सरकार मधेशी जनतालाई सुन्नै चाहँदैन– देउवा


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तामान सरकारले मधेशी जनताका समस्यालाई सुन्न नचाहेको आरोप लगाएका छन् ।

शनिवार धनुषा पुगेका देउवाले नेपाली कांग्रेसका नेता बलराम नायकको श्रद्धाञ्जली सभामा भने,‘अहिले ओली सरकार मधेशी जनतालाई सुन्नै चाहदैन, त्यसैले सरकार विरुद्ध सबै एकजुट भएर अघि बढ्ने बेला भएको छ ।’

देउवाले वर्तमान सरकारले मनपरी रुपमा शासन सत्ता सञ्चालन गरिरहेको आरोपसमेत लगाए ।

कम्युनिस्ट सरकारले हरेक आयोग गठनमा एकलौटी गरिरहेको र शाही आयोग जस्तै बनाउन खोजेको आरोप देउवाको थियो ।

देउवाले कांग्रेस एक भए कसैको केही नलाग्ने बताउँदै पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताए ।

लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : ०३ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,