विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री ओली


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् ।

प्रेस सङ्गठनद्वारा शनिवार बालुवाटारमा आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए ।

प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको बताए ।

“छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, प्रधानमन्त्री ओलीले भने, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्का थरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै ओलीले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिए । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गरे ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ९ : ४५ बजे

पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गर्ने ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती – नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम

मनास्लु क्षेत्रबाट अलपत्र परेका ११० पर्यटकको उद्धार

गोरखा – गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ

कांग्रेस विवादः महाधिवेशन मिति तोक्ने कसरतमा इतर, बहुमतको चेतावनी दिँदै संस्थापन समूह

काठमाडौँ- नेपाली कांग्रेस १५औँ महाधिवेशनको मितिमा सहमति जुटाउन नसक्दा पार्टीभित्रको

एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी

काठमाडौं – शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने

निर्वाचनको वातावरण निर्माणका निम्ति संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीहरू तयार

काठमाडौं- सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग