सोमालियामा शक्तिशाली विस्फोट : कम्तीमा ९० जनाको मृत्यु « Khabarhub

सोमालियामा शक्तिशाली विस्फोट : कम्तीमा ९० जनाको मृत्यु


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिसु– मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली वम विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका यहाँका अधिकारीले शनिबार जनाएका छन् । घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ ।

“विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको र मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका छन्,” सहयोगमा सहभागी एम्बुलेन्सका कर्मचारी अब्दुकादिर अब्दिरहमान हाजीले बताए ।

विष्फोट सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको हो । उक्त स्थानमा सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेकोले विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने यहाँको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा कारका टुक्राहरू मात्र रहेका सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल बरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी गरिरहेको छ ।

मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ । शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सङ्गठनक अल साबाब इस्लामिक लडाकूले गराएको हो ।

प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : २० बजे

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन