हिमालय एयरलाइन्सको उडान आबुधाबीबाट पनि « Khabarhub

हिमालय एयरलाइन्सको उडान आबुधाबीबाट पनि


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालय एयरलाइन्सले यही चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान शुुरु गर्ने भएको छ । आबुधाबी–काठमाडौं–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसीका सञ्चालक एवं एनआरएनए आईसीसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताए ।

यो भन्दा पहिले दुबईबाट उडान भरिरहेको हिमालय एयरलाइन्सले युएईको आबुधाबीबाट हरेक सोमबार, बुधवार र शुक्रवार उडान गर्नेछ । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान शुरु गर्न लागेको ढुङ्गानाले जानकारी दिए । बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ ।

साँझ ८ बजेर ४५ मा काठमाडौंबाट जहाज उड्ने छ भने राति ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजना पनि ल्याएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ५२ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव