ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु « Khabarhub

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : १७ बजे

ब्राजिललाई पेनाल्टीसुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको

ब्राजिलविरुद्ध क्रोएसियाले फर्कायो बराबरी गोल

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोएसियाले बराबरी गोल

नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा

टर्कीले काठमाडौँमा राजदूतावास स्थापना गर्ने

काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत

ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल अन्तरगत ब्राजिल