करीनाको ‘ब्युटी सेक्रेट’, नियमित प्रयोग गर्छिन् यी कुरा | Khabarhub Khabarhub

करीनाको ‘ब्युटी सेक्रेट’, नियमित प्रयोग गर्छिन् यी कुरा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री करीना कपूर खान निकै स्टाइलिस्ट र राम्री छिन् । करिनाको लुक्स यस्तो छ कि जो कोही उनीप्रति आकर्षित हुन्छन् ।

उमेर ढल्कदै गएपनि उनको अनुहारको चमक घटेको छैन । उनको सुन्दरता वशाणुत नै भएको कतिपयले भन्ने गरेका छन् । तर उनले सुन्दरता कायम राख्नको लागि निकै मिहेनत गरिरहेकी छिन् । उनी सुन्दरी रहिरहनुमा केही व्यूटी सेक्रेटहरु रहेका छन् जो तपाईंलाई थाहा नहुन सक्छ ।

बदामको तेल

चाहे छाला हो या कपालको हेरचाह, करीना बदामको तेलको प्रयोग गर्छिन् । उनी समय मिल्नासाथ आफ्नो छाला र कपालमा बदामको तेलले राम्रोसँग मसाज गर्छिन् । करीनालाई बदामको तेलको यो महिमा उनकी आमा तथा हजुआमाबाट थाहा भएको थियो जसको प्रयोग उनीहरुले वर्षौदेखि गरिरहेका थिए ।

महको प्रयोग

सबैलाई थाहा भएको कुराहो मह एक निकै उपयोगी वस्तु हो । यो एन्टी ब्याटिरियल र एन्टी अक्सिडेन्ट हुन्छ । यो छालाका लागि प्राकृतिक टोनरका काम गर्छ ।र बढ्दो उमेरमा लगाम लगाउन मद्दत गर्छ । करीना महलाई हरेक समय प्रयोग गर्छिन् । उनी नियमित रुपमा महको प्रयोग या महले शरीरमा मसाज गराउने गर्छिन् ।

पानी

पानी शरीको हरेक प्रकारका फोहर निकाल्नका लागि भूमिका खेल्छ । यही कारण चिकित्सकले पनि पानीको प्रयोग धेरै गर्न सल्लाह दिने गर्छन् ।

यसको प्रयोग करीना पर्याप्त मात्रामा गर्छिन् जसका कारण उनको अनुहारमा चमक देखिइन्छ ।

घरमा बनाइएको फेसप्याक

करीनाले आफ्नो स्किनमा लगाउनका लागि घरमा बनाइएको फेसप्याकको प्रयोग गर्ने गरेकी छिन् । फेसप्याकको रुपमा करीना बदमको तेलका साथ साथ दही मिसाउँछिन् र त्यसलाई प्रयोग गछिन् । दहीलाई प्रकृतिक एजेन्ट मानिन्छ भने बदाम डेड सेल्स र अन्य व्याक्टेरियालाई नाश गर्न सहयोग गर्छ ।

नियमित अभ्यास

करीना नियमित रुपमा व्यायाम र योगा गर्छिन् । शरीरलाई चुस्त राख्न उनी जिम र योगा गर्ने गर्छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : ४९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने