करीनाको ‘ब्युटी सेक्रेट’, नियमित प्रयोग गर्छिन् यी कुरा « Khabarhub

करीनाको ‘ब्युटी सेक्रेट’, नियमित प्रयोग गर्छिन् यी कुरा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री करीना कपूर खान निकै स्टाइलिस्ट र राम्री छिन् । करिनाको लुक्स यस्तो छ कि जो कोही उनीप्रति आकर्षित हुन्छन् ।

उमेर ढल्कदै गएपनि उनको अनुहारको चमक घटेको छैन । उनको सुन्दरता वशाणुत नै भएको कतिपयले भन्ने गरेका छन् । तर उनले सुन्दरता कायम राख्नको लागि निकै मिहेनत गरिरहेकी छिन् । उनी सुन्दरी रहिरहनुमा केही व्यूटी सेक्रेटहरु रहेका छन् जो तपाईंलाई थाहा नहुन सक्छ ।

बदामको तेल

चाहे छाला हो या कपालको हेरचाह, करीना बदामको तेलको प्रयोग गर्छिन् । उनी समय मिल्नासाथ आफ्नो छाला र कपालमा बदामको तेलले राम्रोसँग मसाज गर्छिन् । करीनालाई बदामको तेलको यो महिमा उनकी आमा तथा हजुआमाबाट थाहा भएको थियो जसको प्रयोग उनीहरुले वर्षौदेखि गरिरहेका थिए ।

महको प्रयोग

सबैलाई थाहा भएको कुराहो मह एक निकै उपयोगी वस्तु हो । यो एन्टी ब्याटिरियल र एन्टी अक्सिडेन्ट हुन्छ । यो छालाका लागि प्राकृतिक टोनरका काम गर्छ ।र बढ्दो उमेरमा लगाम लगाउन मद्दत गर्छ । करीना महलाई हरेक समय प्रयोग गर्छिन् । उनी नियमित रुपमा महको प्रयोग या महले शरीरमा मसाज गराउने गर्छिन् ।

पानी

पानी शरीको हरेक प्रकारका फोहर निकाल्नका लागि भूमिका खेल्छ । यही कारण चिकित्सकले पनि पानीको प्रयोग धेरै गर्न सल्लाह दिने गर्छन् ।

यसको प्रयोग करीना पर्याप्त मात्रामा गर्छिन् जसका कारण उनको अनुहारमा चमक देखिइन्छ ।

घरमा बनाइएको फेसप्याक

करीनाले आफ्नो स्किनमा लगाउनका लागि घरमा बनाइएको फेसप्याकको प्रयोग गर्ने गरेकी छिन् । फेसप्याकको रुपमा करीना बदमको तेलका साथ साथ दही मिसाउँछिन् र त्यसलाई प्रयोग गछिन् । दहीलाई प्रकृतिक एजेन्ट मानिन्छ भने बदाम डेड सेल्स र अन्य व्याक्टेरियालाई नाश गर्न सहयोग गर्छ ।

नियमित अभ्यास

करीना नियमित रुपमा व्यायाम र योगा गर्छिन् । शरीरलाई चुस्त राख्न उनी जिम र योगा गर्ने गर्छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : ४९ बजे

भेरी अस्पतालमा बिरामीको मृत्युबारे अस्पतालको स्पष्टीकरण, चिकित्सकमाथि दुर्व्यवहार भएको दाबी

काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक

सभामुख र चिनियाँ राजदूतबीच भेट, एक चीन नीति र बीआरआईबारे पनि कुराकानी 

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले

पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

काठमाडौं– सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू

गोरखा– केही दिनअघि हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गाउँले युवा मिलेर