झरनाले भनिन् – मेरी छोरी सुहानालाई तपाईंहरुलाई छोड्दैछु « Khabarhub

झरनाले भनिन् – मेरी छोरी सुहानालाई तपाईंहरुलाई छोड्दैछु


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ निर्माण टिमले ट्रेलर रिलिज गर्दै नायिका तथा निर्देशक झरना थापाको जन्मदिन मनाएको छ । काठमाडौंको बिग मुभिजमा बुधबार साँझ एक भेटघाट कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्‍यो ।

फिल्म युनिटले आयोजना गरेको ट्रेलर सार्वजनिकीकरण कार्यक्रममा निर्देशन झरना थापा, निर्माता सुनीलकुमार थापा, अभिनेता अनमोल केसी, डेब्यु कलाकार सुहाना थापा, कलाकार भुवन केसी लगायतका कलाकार उपस्थित थिए । हलमा ट्रेलर सार्वजनिक गरेपछि फिल्म युनिटले निर्देशक झरना थापाको जन्मदिन पनि सेलिब्रेसन गर्‍यो ।

उक्त कार्यक्रममा बोल्दै निर्देशक थापाले यो फिल्मबाट आफ्नी छोरीलाई दर्शकको जिम्मा लगाएको बताइन् । ‘म हिँडेको बाटो मैले छोरी सुहानालाई पनि हिँडाएकी छु, आजबाट मैले छोरीलाई तपाईंहरुको जिम्मा लगाएकी छु, मलाई जस्तै सुहानालाई पनि साथ दिनुहुनेछ भन्ने आशा छ ।’, उनले भनिन् ।

कार्यक्रममा झरनाले सुहानाको कामको खुलेर तारिफ पनि गरिन् । उनले आफू आमा मात्र नभएर निर्देशकका हिसाबले पनि उनको कामको तारिफ गरिन् ।

उक्त भेटघाटमा अभिनेता अनमोल केसीले पनि यो टिमसँग काम गर्दा रमाइलो भएको बताए । साथै उनले झरना थापाको निर्देशकीय क्षमताबाट धेरै कुरा सिकेको समेत बताए ।

युट्युबमा भने बिहीबार (आज) फिल्मको ट्रेलर सार्वजनिक गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १२ : ३८ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।