नेपाल फर्केपछि प्रचण्डले भने- मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो « Khabarhub

नेपाल फर्केपछि प्रचण्डले भने- मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो



काठमाडौं- अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर १० दिन पछि स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको बेलिविस्तार गरेका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पत्नी दाहालको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको बताउँदै अमेरिकामा भएका गतिविधिका विषयमा चर्चा गरे ।

उनले आफू जहाजमै रहेका बेला आफ्नाविरुद्ध अमेरिकामा उजुरी गरेको भएपनि अमेरिकाको एयरपोर्टमा पुग्नेवित्तिकै भुमिगत रुपमा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको बताए ।

उनले भने ‘म जहाजमै रहेको बेला मेरा विरुद्ध मेरील्याण्डमा उजुरी परेको रहेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ ।’

अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए । उनले भने , ‘राजदूत लगायतका साथीहरुले नै त्यो व्यवस्था गर्नुभएको रहेछ । उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ । हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन सर्कुलर’ जारी गरिसकेको थियो ।’

प्रचण्डले अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकी अधिकारीहरुसँग समेत भेट भएको भन्दै नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएको समेत जानकारी गराए । उनले भने ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ । अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं ।’

अध्यक्ष प्रचण्डले पत्नी सीताको उपचारका लागि ३ ठाउँमा अनुसन्धान र उपचार भएको भन्दै उनले भने ‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे । पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’

पत्नीको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष ‘प्रचण्ड’ विहीबार स्वदेश फर्किएका हुन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : २८ बजे

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति